मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रहरी निय*न्त्रणमा

प्रकाशित मिति: November 13, 2019 9:25 am

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आ*रोपमा प्रहरीले कुँवरलाई निय*न्त्रणमा लिएको हो । पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठ*क्कर दिएका थिए ।

प्रहरीले उनीमाथि मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आ*रोप लगाएको छ । कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठो*क्किन पुग्दा गोरुगाडा अनिय*न्त्रित भई ढलेको थियो।

गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घाइते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घटनामा स्वकीय सचिव कुँवरलाई भने चोट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल भने क्षतिग्रस्त भएको छ ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......