बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

प्रकाशित मिति: November 14, 2019 12:40 pm

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी दिलबहादुर दोङसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई एक साता अघि पक्राउ गरेपनि घ*टनालाई गुपचुप राखिएको थियो ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताएका छन् ।

उनिहरुले धेरै पहिला देखि बिभिन्न देशका पर्यटकहरुलाई ब*न्धक बनाएर लुटपाट गर्ने गरेको खुलेको छ । अनुस*न्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा ब*न्धक बनाएका थिए । त्यहाँ शारीरिक या*तना समेत दिइएको पी*डितले दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन् । रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए ।

‘हामीलाई काठमाडौं छाडेनौं भने मा*र्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ । गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए ।

उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो ।
व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......