काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल पुगेका छन । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल पुगेका हुन ।
आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि आज अस्पताल बोलाएका थिए ।
गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन् । आज उनको नियमित जाँच गराइनुका साथै नियमित जाँच हुने बालुवाटार स्रोतले जनाएको छ ।
१३ गते उपचारपछि फर्केपछि उनलाई डायलासिस भने गर्नुपरेको छैन । प्रधानमन्त्री ओलीले यदी नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थितीमा रहेका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरुसँग परामर्श लिइरहेका छन् ।