इन्डोनेसियामा भूकम्पपछि सुनामीको खतरा

प्रकाशित मिति: November 16, 2019 12:31 pm

एजेन्सी – इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । इन्डोनेसियाको मालुकु टापुमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । जुन टर्नेटे बन्दरगाह भएको सहरबाट ४५ किलोमिटर टाढा पर्छ ।

भूकम्पपछि यहाँका भूगर्भविद्हरुले सुनामीको खतरा औंल्याएका हुन् । समुद्री किनारमा र होचो भूभागमा सुनामीको असर पर्नसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सचेत गराइएको छ । भूकम्पको ठूलो धक्का महसुश भएकाले यसको असर सुनामीमा देखिन सक्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......