काठमाडौं – अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र “पोइ पर्यो काले” देशै भरको हलमा प्रदर्शन भइरहेको छ भने, नायिका शर्माको आफ्नै चलचित्र ” म यस्तो गीत गाउछु २” को छायांकन पनि भइरहेको छ’ जस्मा पल शाह र पूजालाई प्रेम जोडीको रुपमा देख्न पाइने भएको छ।
पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र “पोइ पर्यो काले” ले राम्रो सफलता हासिल गरेको छ । चलचित्र छायांकनमा व्यस्त रहेकी नायिका पूजा शर्माले पुर्व राजा परिवार सँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।
राजा परिवारलाई किन भेट्न पुगिन् पूजा शर्मा भन्ने चाहिँ केहि खुलाइएको छैन, उनले पुर्व राजा ज्ञानेन्द्र शाह , र पुर्वयुवराज पारस शाहको श्रीमती हिमानी शाह सँग कैद गरेको सेल्फि सामाजिक सञ्जालमा राखेका छन्।