सचिन तेन्दुल्करले भेटे प्रधानमन्त्री ओलीलाई,ओलीले गरे यस्तो ट्वीट

प्रकाशित मिति: November 17, 2019 4:37 pm

काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आइपुगेका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भटेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत प्रसिद्ध क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् ।

उनले नेपालले बालअधिकारको प्रबर्द्धनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको जनाएका छन् । सचिनले शनिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो । सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

पाल्पामा जीप दु*र्घटना, दुई जनाको ज्यान गयो

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा बिहीबार जीप दु*र्घटना हुँदा दुई जनाको ज्यान......

आठ उम्मेदवारको बागलुङमा जमानत जफत

बागलुङ – बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ......