अत्याधिक मेकअप गरेपछि ट्रोलको शिकार बनिन् रानु मण्डल

प्रकाशित मिति: November 17, 2019 4:45 pm

पछिल्लो समय सामाजिक सञ्जालतिर निकै नै भाइरल भएको नाम हो रानु मण्डल । उनले ‘एक प्यारका नग्मा हे’ गाएपछि निकै नै चर्चित बनेकी रानु मण्डल अहिले विवादमा परेकी छिन्। अत्याधिक मेकअप गरेपछि मण्डल विवादमा परेकी हुन्। युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए।

त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी’। यसपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो। उनी सडकबाट स्टेजसम्म पुगिन्। हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ। सामाजिक संजाल प्रयोगकर्ताले रानु मण्डलले नसुहाउँदो मेकअप गरेको बताइरहेका छन्। उनी तीव्र आलोचना भइरहेको छ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......