प्याजको भाउ अकासिएपछि बंगलादेशकी प्रधानमन्त्री खान छोडिन् प्याज

प्रकाशित मिति: November 18, 2019 4:48 pm

एजेन्सी – प्याजको भाउ अकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज खान छोडेकी छन् ।

महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले हवाईजहाजबाट प्याजको आयात गरिरहेको बताएका छन्। प्रधानमन्त्री हसिनाले आफ्नो खानामा प्याजको प्रयोग नै बन्द गरेको जाहिदलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन्। बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ। बंगलादेशका रेस्टुरेन्टहरुमा पनि प्याजको प्रयोग घटेको समाचारमा जनाईएको छ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......