पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड

प्रकाशित मिति: November 20, 2019 4:36 pm

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष चयन गरेको छ । उनलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको हो । साथै पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय समेत गरेको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्दै यस्तो निर्णय गरेको हो । निर्णयअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । यो सँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुंगिएको छ।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......