महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

प्रकाशित मिति: November 22, 2019 8:09 am

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरु*द्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित विहिबार निवेदन दर्ता गरिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो । अनुस*न्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्ज*स्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुस*न्धान अघि बढाउन आदेश जारी गरेको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई बला*त्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुस*न्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुस*न्धानका लागि उहाँलाई थुनामा पठाइएको हो ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......