काठमाडौं – आइतबार बिहान काठमाडौंको नयाँ वानेश्वरमा डाक्टरलाई ठ*क्कर दिएर भागेको बस र चालक रामेछापमा पक्राउ परेका छन् । प्रहरीले रामेछापबाट बा ३ ख ६१४ नम्बरको यात्रुवाहक बस र चालकलाई निय*न्त्रणमा लिएको हो । प्रहरीले भक्तपुर सूर्यविनायक बस्ने चालक बुद्धिकुमार कोजुलाई सोमबार रामेछापबाट पक्राउ गरेको हो ।
नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी मर्निङ वाक निस्किएको बेला सो बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृ*त्यु भएको थियो । संसद् भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको भए पनि प्रहरीले बस र चालकको पहिचान गर्न सकेको थिएन ।
घटना बिहान ६ बजे भएपछि प्रहरीले त्यतिबेलाको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछापतर्फ पुगेको देखिएको थियो ।