फाइल फोटो
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। स्वाथ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । मंगलबार भन्दा प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमशः सुधार आएको छ, ब्याकअपका लागि राखिएको भेन्टिलेटर हटाउन लागिएको छ ।
एक्कासी पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीको एपेन्डिक्समा समस्या देखिएपछि तत्काल एपेन्डिसाइटिस शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।
अस्पतालको सघन कक्षमा राखेर उनको उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीलाई केहीदिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।