अपडेट : अर्घाखाँचीमा मृ*त्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८

प्रकाशित मिति: November 28, 2019 1:49 pm

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दु*र्घटनामा मृ*त्यु हुनेको सङ्ख्या १९ र घा*इतेको सङ्ख्या १८ पुगेको छ ।

दु*र्घटनामा १७ को घटना*स्थलमै र दुईको उपचारका क्रममा मृ*त्यु भएको हो । घा*इतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृ*त्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नं. को बस नरपानी बजार नजिकैको घुम्तीमा दु*र्घटना भएको थियो । दु*र्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

दु*र्घटनामा सो नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का छन् । कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृ*त्यु भएको थियो ।

सन्धिखर्क नगरपालिका–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वर्षिय वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको थियो । गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृ*त्यु हुने अन्य आठको सनाखत हुन बाँकी रहेको र श*वहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......