जापानमा नेपालीहरुले गरे ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचारप्रसार

प्रकाशित मिति: November 28, 2019 6:09 pm

टोकियो – जापानको राजधानी टोकियोमा नेपाली संस्था youth cooperation Nepal & japan ले नेपाल भ्रमण वर्ष २०२०को प्रचारप्रसार गरेको छ । आज (२८ तारिक) मा विश्वकै सवै भन्दा व्यस्त ट्रेन स्टेसन जापानको राजधानी टोकियोको सिन्जुकु स्टेसनमा जापानीज लगायत अन्य देशका नागरिकहरूलाई नेपाल भ्रमण गर्न निमन्न्रणा गरेका थिए ।

यस संस्थाले बनाएको ज्याकेटमा Visit Nepal 2020 life time experience लेखिएको साथै नेपाल र जापानको झन्डा पनि प्रिन्टेट गरेको छ । परदेशमा रहेर पनि आफ्नो देशको सरकारले गरेको राम्रो कामको लागि सहयोग र समर्थन गर्दै देशको समृद्दिको लागि सहयोग गर्नु असल नागरिकको कर्तव्य भएको कुरा यस सस्थाका सदस्य बताउछन्।

यो संस्था विदेशमै वसेर पनि भविस्यमा व्यवसायिक काम गर्दै स्वदेसमा केहि रोजगारिका अवसर सृजना गर्ने उदेश्यले गठन गरिएको संस्था हो जसमा जापानका विभिन्न कम्पनिमा काम गर्ने १० जना सदस्य छन । यो संस्थामा कुनै पद छैन सबैले एक मन भएर सकरात्मक रूपमा काम गरिरहेको कुरा संस्थाका एक सदस्य मदन चापागाईले जानकारी गराए ।

आजको कार्यक्रमबाट धेरै जापानीज र अन्य देशका नागरिकले ‘नेपाल भ्रमण वर्ष’ बारे निक्कै चाख लिएका थिए । संस्थाका सदस्यहरु भन्छन् “आउनुस सबै मिलेर २०लाख पर्यटक भित्र्याउने नेपाल सरकारको अभियानलाई साथ दिऔ । विदेशमा भएका सबै नेपाली आफ्नो देशको राजदुत हो भन्ने सोचका साथ काम गरौँ” ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......