तुलसी सिवाकोटीको “हे माया” गीत सार्बजनिक

प्रकाशित मिति: December 1, 2019 11:54 am

काठमाडौँ – गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

बिगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।

प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी” “म त मान्छे सिधा साधा” “प्यारी छोरी न बचाउन सके” जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।
हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......