प्रदेश नं. ३ नेपाल डेरी एसोसिएशनको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति: December 2, 2019 1:18 pm

काठमाडौँ – प्रदेश नं. ३ नेपाल डेरी एसोसिएशनको दोश्रो वार्षिक साधारणसभाको सभापतित्व प्रदेश नं. ३ का अध्यक्ष श्री राजन प्रसाद दाहालले गरेका थिए भने कार्यक्रम संचालन प्रदेश नं. ३ का सचिव श्री गोपाल प्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रदेशका सह– सचिब श्री कृष्ण प्रसाद ढकालले गरेका थिए ।

साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक श्री बाबुकाजी पन्तद्वारा ओलिभर पब्लिक स्कुलका पाँचजना बालबालिकाहरुलाई दुधपान गराई कार्यक्रम समुद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिबाट राष्ट्रिय दुग्ध विकास बोर्ड सधै डेरी व्यवसायीहरुको अभिभावक रहेको र सहकार्य गरि अघि बढ्ने, सबै डेरी व्यवसायीहरुको हक हितमा लागिपर्ने र मिल्क हलिडे हुन नदिन पहल गर्ने, यस व्यवसायमा आउने समस्या र समाधानका लागि संगै लागिपर्नेमा जोड दिए ।

विशेष अतिथि प्रदेश नं. ३ उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले कृषि तथा डेरी जन्य पदार्थमा नेपाल सरकारले लगाएको भिसिटिएस र भुक्तानीमा अनिवार्य पान लागु हुने कुरामा सरकारसंग पहल गरि कृषि तथा दुधजन्य पदार्थलाई समावेश नगर्न सहजीकरण गर्नेमा जोड दिए । नेपाल डेरी एसोसिएशन केन्द्रिय अध्यक्ष राधाकष्ण सापकोटाले सदैव डेरी सदस्यहरुको हक रहितमा लागि पर्ने र डेरी उद्योगीहरुले पनि सधै संगठन आफ्नो ठानी संगठनका गतिविधिमा साथ दिन आग्रह गरे ।

नि. अध्यक्ष सुमित केडियाज्यूले डेरी सेक्टरमा पाउने अनुदानमा डेरी उद्योगको आवश्यकता अनुसार माग गर्न पाउने, धुलो दुध उद्योग संचालनमा कुनै बाधा नहुने गरि सरोकारवाला निकायहरुले ल्याउने नयाँ योजनामा सोच्नुपर्ने कुरा बताए । महा सचिव प्रल्हाद दाहालले व्यवसाय गर्न पाउनु सबैको
अधिकार हो । डेरी क्षेत्र सुधारका लागि सरकारी निकायदेखि सम्बन्धित डेरी उद्योगीहरु पनि लाग्नुपर्ने बताउदै एसोसिएसन को अब पुसमा हुने वार्षिक साधारणसभामा सबैलाई अनिवार्य उपस्थित हुन अनुरोधा गरे ।

अन्य उपस्थितिमासहकोषध्यक्ष दिप प्रसाद धमला, सदस्यहरु बद्री ढकाल, रामभक्त दाहाल, मनोज कुमार घिमिरे, तिर्थ अधिकारीका साथै विभिन्न जिल्लाबाट डेरी उद्योगीहरु करिब १०० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा मरणोपरान्त सम्मानका लागि आफ्नो आजीवन डेरी व्यवसायमा लाग्नु भएको र एसोसिएशनका संस्थापक स्व. हरि प्रसाद सापकोटाज्यूलाई, लामो समयदेखि डेरी उद्योगीका रुपमा निरन्तर लागिपरिरहनु भएकाले दिर्घ सम्मान श्रीराम डेरी उद्योगका संचालक श्री दुर्गा प्रसाद दाहाललाई, उत्कृष्ट डेरी उद्योगीहरुमा श्री कृष्ण प्रसाद ढकालको श्री राधाकृष्ण डेरी फर्म, जोरपाटी र श्री नातिराम थापाको श्री कृष्ण दुध भण्डारलाई प्रदान गरिएको छ ।

त्यस्तै यस कार्यक्रममा सहयोग पुयाउनु भएका क्रमशः हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, गोपिकृष्ण डेरी, पलाञ्चोक डेरी उद्योग, श्री राम डेरी उद्योग र अरुण डेरी उद्योगलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा धन्यवाद मन्तव्य प्रदेश नं ३ को कार्य समिति सदस्य शुदर्सन घिमिरेले गर्नु भई कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......