‘सूर्य किरण’को पोष्टरसंगै प्रदर्शन मिति सार्वजनिक

प्रकाशित मिति: December 2, 2019 1:29 pm

काठमाडौं – नेपाली चलचित्र ‘सूर्य किरण’को पोष्टरसंगै नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण यूनिटले आईतबार पोष्टर सार्वजनिक गर्दै यही मंसिर २७ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको हो। यसअघि मंसिर २० गतेलाई प्रदर्शन मिति तोकिएको थियो।

अमिर दोङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता सविन श्रेष्ठ शिर्ष भूमिकामा छन्। त्यस्तै मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको फिल्ममा अभिनय छ।

चलचित्रमा अभिनेत्री केकी अधिकारी र अमिर दोङ अतिथि भूमिकामा प्रस्तुत छन्। तामाङ चलचित्रका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली चलचित्र हो।

तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले चलचित्रको निर्माण गरेका हुन्। चलचित्रको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन्।

चलचित्रमा विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध छ। अभिषेक माझी र विक्रम मोक्तानले खिचेको चलचित्रलाई अर्जुन थापाले सम्पादन गरेका हुन्।

यसअघि फिल्म चलचित्रको ट्रेलर र ‘मैच्याङलाई’ बोलको गीत सार्वजनिक गरिएको थियो।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......