कस्को नामको मेहेन्दी लगाइन् प्रियंका कार्कीले ?

प्रकाशित मिति: December 2, 2019 1:44 pm

काठमाडौँ – मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले “मेहेन्दी” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता , चंचलता , प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् ।

अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

बहुप्रतिभाशाली व्यक्तित्व सुरेश घोन्डे गुरुङ गीतकार, संगीतकारका अलावा मोडेल, भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसअघि “भाचिदेउ कि बारुली कम्मर” बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डेगुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

सम्बन्धित शीर्षकहरु

आज काठमाडौँमा बर्षकै चिसो दिन

मङ्सिर २०, काठमाडौं – काठमाडौं उपत्यका यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । काठमाडौँमा दिन दिनै......

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......