ब्रेकिङ न्युज

नवलपरासीको सिजी धाम नजिकै पसलमा आगलागी

प्रकाशित मिति: December 3, 2019 9:05 pm

बुटवल – पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।

आगलागीबाट दुवै पसल जलेर नष्ट भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ३० लाख बढी क्षति भएको अनुमान गरे पनि यकिन विवरण आउँन बाँकी छ भने आगलागीको कारण अझै खलेको छैन् ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......