दुई महिनाभित्र काठमाडौँ सडकका खाल्डाखुल्डी परीने

प्रकाशित मिति: December 4, 2019 8:55 am

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६र७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिने बताए । उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे । मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उनले दिए । मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उनले स्पष्ट पारे ।

उनले भने, ‘अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उनले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......