रविन लामिछाने र सम्झना भण्डारीको “हुनेवाली बुहारी”

प्रकाशित मिति: December 4, 2019 2:19 pm

काठमाडौँ – पर्यटन व्यवशायी नविन नेपालको पञ्चेबाजाको गीत “हुनेवाली बुहारी” सार्वजनिक भएको छ । सो गीत स्पन्दन मिडियाको युट्युब च्यानलबाट मंसीर १६ गते सार्वजनिक भएको हो ।

माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा चर्चीत गायक रविन लामिछाने र गायीका सम्झना भण्डारीको आवाज रहेको छ भने रविन लामिछाने को नै लय र शब्द रहेको छ । चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नविन नेपालले निर्माण गरेको “हुनेवाली बुहारी” गित निकै उत्कृष्ट बनेको गित हेरेरनै थाहा पाउन सकिन्छ ।

नेपालका अनुशार मंसीर महिना पनि भएको र पञ्चेबाजा आफैमा नेपालीको संस्कृती पनि भएको हिसाबले सबैलाई मनोरञ्जनसंगै पञ्चेबाजाको धुन सबैको मानसपटलमा गुञ्जयमान बनाउन सकियोस भन्ने हेतुले गित निर्माण गरेको नेपालीको आवाज डटकमलाई जानकारी दिए । सो गितमा बिश्वास नेपालको संगीत संयोजन रहेको छ भने पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको सो गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजेश कुमारले सम्पादन गरेर स्पन्दन मिडियाले बजारमा ल्याएको हो ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......