“दसौं बिन्दाबासिनी म्युजिक अवार्ड” मा सबिना र प्रेमलाई उत्कृष्ट मोडल अवार्ड

प्रकाशित मिति: December 4, 2019 2:26 pm

काठमाडौँ – चर्चित मोडल एबम नायिका सबिना कार्की र प्रेम बि खड्काले यस बर्ष “दसौं बिन्दाबासिनी म्युजिक अवार्ड – २०७६” मा उत्कृष्ट मोडल बिधामा अवार्ड पाउन सफल भएका छन् । सबिनाले धेरै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने प्रेम बि खड्काले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

केही समय अभिनय क्षेत्रमा ब्याक भएकी सबिना अब देखि यसै क्षेत्रलाई निरन्तरता दिने उनले बताइन् । उनले बिन्दाबासिनी म्युजिक अवार्ड २०७६ मा तिम्रो आँसु नामक गीत बाट अवार्ड प्राप्त गरेकी हुन् । सबिना कार्की अभिनित दर्जनौ गीत र चलचित्रले चर्चा पाउन सफल भएका थिए ।

अवार्ड प्राप्त गरेपछी सबिना कार्कीले खुसी ब्यक्त गर्दै दर्शकहरुको मायाले यो अवार्ड पाउन सफल भए । यो गुन कहिल्यै भुल्न सक्दिन । अब यस क्षेत्रमै निरन्तर लागि पर्ने छु भन्ने कुरा जानकारी गराईन् ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......