काठमाडौँ – “नेपालका लागि नेपाली अभियान” बाट त्यसका अभियान्ता ज्ञानेन्द्र शाहिलाई निष्काशित गरेपछि एक पछि अर्को रहस्य बाहिरिँदै गएको छ । केहि दिन अघि काठमाडौँमा बसेको केन्द्रिय कार्यसमितीको बैठकले शहिलाई अभियान बाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
अभियान बाट निष्काशनमा परेपछि शाहिले आफुले पञ्चायत काल देखि यता जिम्मेवार पदमा बसेका सम्मुर्णको सम्पत्ती सार्वजनिक गर्नु पर्छ भन्ने माग राखेको र स्थायी संरचनाका नाममा राजतन्त्र फर्काउने खेल चलेकाले असहमती राख्दा निष्कासन गरिएको दुखेसो गरेका छन् । शाहिले उल्टै संयोजक सुरेन्द्र भण्डारी र प्रमुख अभियान्ता बालकृष्ण न्यौपानेलाई नै कारवाही गर्छु भन्दै हिँडेका छन् । अभियान आफ्नो नाममा दर्ता भएको हवला दिँदै हिँडेका शाहिलाई प्रमुख अभियान्ता बालकृष्ण न्यौपानले मुख भरिको जवाफ फर्काएका छन् ।
ओटीभी नेपालका लागी अन्तवार्ता दिँदै न्यौपानले शाहीलाई अभियान कहाँ दर्ता भएको र त्यसमा के लेखेको छ भन्ने समेत थाहा नभएको बताएका छन् । ८ जना मध्ये एक जना उनी भएको र उनको काम शहि गर्ने मात्र भएको न्यौपानले बताएका छन ।
कुराकानीका क्रममा न्यौपानले अरु थुप्रै पाटाहरुको रहस्य समेत उजागर गरेका छन् । ज्ञानेन्द्रलाई आफ्नै कार नै दिएको समेत उनले बताए । अभियान बाट निष्किँदा शाहीले कारको चावि बुझाएर हिँडेको पनि उनले जानकारी दिए । मलाइ कारको चावी बुझाएर सिन्धुपाल्चोक जान्छु भनेर दार्चुला तिर लागेका रहेछन् न्यौपानले अचम्म भाव प्रकट गरे ।
माथि निकै आक्रामक रुपमा प्रस्तुत भएका न्यौपानेले शाहि माथी लक्षीत गर्दै कुन्नी के लाई के नपचेको भनेको यहि हो भनेर तिखो टिप्पणी गरेका छन् भने शाहीले दइचिउरे पारा देखाएको पनि न्यौपानेको आरोप छ ।
हेर्नुहोस् भिडियो