सेलिब्रेटी हुँदाको पिडा झल्काउँने ‘सेल्फी किंङ’को टिजर सार्वजनिक

प्रकाशित मिति: December 4, 2019 3:45 pm

काठमाडौँ – माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किंङ’को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता विपिन कार्की एउटा सेलिब्रेटी हुँदाको पीडालाई प्रस्तुत गरिएको छ ।

चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन ।

निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......