सुनको मूल्य तोलाको ८ सयले बढ्यो

प्रकाशित मिति: December 4, 2019 5:36 pm

काठमाडौँ – बुधबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार ७१ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार ७१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......