ब्रेकिङ न्युज

परमिताको बोल्ड अबतारमा ‘दि कर्मा’को टीजर सार्वजनिक

प्रकाशित मिति: December 5, 2019 2:31 pm

काठमाडौँ – नेपाली चलचित्र “दि कर्मा” को अफिसियल टीजर सार्वजनिक भएको छ । माघ १७ गते रिलीज हुने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता बुद्दी तामाङ्गलाई देख्न सकिन्छ ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्माुको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......