ब्रेकिङ न्युज

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

प्रकाशित मिति: December 5, 2019 5:56 pm

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले माल्दिभ्सलाई हराएको छ । जितसंगै महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो ।

सावित्रा भण्डारीको हृयाट्रिकसँगै नेपालले नेपालले माल्दिभ्सलाई ३(० गोल फराकिलो अन्तरले हराउदै फाइनलमा पुगेको हो । खेलको १६ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेपछि अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको अन्तिम इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......