१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

प्रकाशित मिति: December 6, 2019 5:43 pm

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो। नेपालले १ सय ६४ रनको लक्ष्य दिएको थियो। जवाफमा माल्दिभ्सले २० ओभार खेल्दै ७९ रन मात्रै बनायो।

माल्दिभ्सले ६ विकेट गुमायो। माल्दिभ्सका लागि मोहमद आजमले अविजित रहँदै सर्वाधिक १७ रनको जोडे। नेपालका सुशन भारी र ललित राजवंशीले २–२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए। नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन जोड्यो। करण केसीले सर्वाधिक ४० रन बनाए।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रन बनाए। खेलमा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रनको योग्दान दिए।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......