सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

प्रकाशित मिति: December 10, 2019 5:02 pm

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ ।

भुटानलाई २– १ गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालको गोलमा पहिलो अग्रता लिएको थियो । तर भुटानका चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा १– १ गोलको बराबरीमा सकिएको भएपनि नेपालले पुनः दोस्रो हाफमा अग्रता लिएको हो । खेलको ५३ औं मिनेटमा सुनिल बलको गोलमा नेपालले अग्रता लिएको हो । योसँगै नेपालले जारी १३ औं सागमा ५१ स्वर्ण जितेको छ ।

यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......