ब्रेकिङ न्युज

सुदूरपश्चिमको खप्तडमा बाक्लो हिमपात

प्रकाशित मिति: December 13, 2019 9:23 am

डोटी – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात शुरु भएको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए ।

उनले भने, “बुधबार साँझदेखि नै अत्यधिक चिसो छ । बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।” उनका अनुसार गएराति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो ।

यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीयवासी दीर्घ बोगटीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......