ब्रेकिङ न्युज

आज पनि देशभर वर्षा र हिमपात हुने

प्रकाशित मिति: December 14, 2019 8:35 am

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ।

देशका मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......