पुस १ गतेबाट एन प्याब्सनको खेलकुद महोत्सव

प्रकाशित मिति: December 15, 2019 8:28 am

काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सन काठमाडौँको आयोजनामा तेश्रो एन प्याब्सन बृहत सप्ताह व्यापी खेलकुद महोत्सव २०७६ पौष १ गते देखि सुरु हुने भएको छ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

शनिवार सम्बाद चौतारीमा पत्रकार सम्मेलन गरि आयोजकले दिएको जानकारी अनुसार पौष १ गते टुँडिखेलमा २ हजार भन्दा बढि विद्यार्थीहरुको मार्च पास सहित महोत्सवको भव्य उद्घाटन गरिने छ ।

नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन हुने खेल मोहत्सव एक साता सम्म संचालन हुने छ । खेल महोत्सवमा जुनियर फुटसल, टेबल टेनिस, सिनियर बास्केटबल,सिनियर क्रिकेट ,छात्रा व्याटमिन्टन लगायतका खेलहरुमा नेशनल प्याब्सन काठमाडौँमा आवद्ध सदस्य विद्यालयका विद्यार्थीहरु विच प्रतिस्पर्धा हुनेछ ।

खेलहरु फरक फरक स्थानमा संचालन हुने पनि आयोजकले जनाएको छ । साताव्यापी खेल मोहत्सवमा ५ हजार भन्दा बढि विद्यार्थीहरुले प्रतियोगिका रुपमा सहभागीता जनाउँने र यस्ता कार्यक्रमले समग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान गर्ने एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले बताए ।

सम्बन्धित शीर्षकहरु

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......