साबधान ! जाडो छल्नलाई हिटर ताप्दै हुनुहुन्छ ?

प्रकाशित मिति: December 15, 2019 5:17 pm

हिउँदे मौसमको सुरुवातसँगै जाडो छल्नका लागि बिभिन्न सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्नेमात्र नभएर दुर्घटनासमेत हुने गर्दछ । त्यसैले यी कुरामा ध्यान दिन जरुरी पर्दछ ।

–हिटरबाट उत्पन्न हुने कार्बन मानोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन ।

–हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सँधै बन्द आवश्यक छ । राति सुत्नेवेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ ।

–नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।

–बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।

पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।

सम्बन्धित शीर्षकहरु

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......