लिगका दुवै खेल भोली रंगशालामा, मनाङ र आर्मी भिड्ने

प्रकाशित मिति: December 22, 2019 6:53 pm

काठमाडौँ – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबारका दुवै खेल दशरथ रंगशालामा हुने भएका छन् । यसअघि त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबीचको खेल दिउँसो १२ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटो तय थियो ।

तर नेपाल र भुटानको छात्रा यू १५ को मैत्रीपूर्ण खेल सोमबार हुने भएपछि एन्फाले आर्मी र मनाङको खेललाई दशरथ रंगशाला सारेको छ । आर्मी र मनाङ दुवै टोलीले जितका साथ लिगको सुरुवात गरेका थिए ।

आर्मीले फ्रेन्ड्सलाई २–१ ले हराएको थियो भने मनाङले एपिएफमाथि २–० को जित निकालेको थियो । सोमबार नै दशरथ रंगशालामा लिगको दोस्रो चरणको अन्तिम खेलमा पूर्व विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा हुनेछ ।
पुलिस र थ्री स्टारको खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......