काठमाडौंमा भुटानी यू १५ टोली

प्रकाशित मिति: December 22, 2019 7:15 pm

काठमाडौँ – सोमबार र बुधबार हुने मैत्रीपूर्ण खेलका लागि भुटानी टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाली छात्रा यू १५ सँगै दुई वटा मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

खेल समय दिउँसो २ः०० बजेका लागि तय भएको छ । एन्फाले मैत्रीपूर्ण खेल हेर्न निशुल्क प्रवेश रहेको जनाएको छ ।

‘ नेपाल र भुटानबीच यू १५ मा पहिलो पटक मैत्रीपूर्ण खेल हुँदैछ । हामी महिला फुटबललाई प्रतिस्पर्धात्मक बनाउनका लागि प्रयासरत छौं ।’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने ।

असोजमा भुटानमा भएको साफ यू १५ मा यी नेपाल र भुटानले १–१ को बराबरी खेलेका थिए । प्रतियोगितामा नेपाल तेस्रो र भुटान चौथो भएको थियो ।

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......