लाल गोविन्द प्रभुजी्द्वारा अग्रवाल भवनमा भागवत कथामृत पौष ७ गते ११ गते सम्म

प्रकाशित मिति: December 22, 2019 7:32 pm

काठमाडौँ – वैदिक हिन्दू सनातन धर्मको संरक्षण तथा प्रचारप्रसार हेतु राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत पौष ०७ – ११ गते सम्म संचालन हुने भएको छ ।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आयोजना गरेको पाँच दिने श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको कलशयात्रा पौष ०७ गते बिहान ०८ बजे बसन्तपुर स्थित सानो पशुपतिनाथ मन्दिरबाट शुरु भई मख्खन गल्ली, भोटाहिटी, कमलादी हुँदै अग्रवाल भवनमा पुगेर समापन हुने छ । साथै दिउँसो ०३ बजेदेखि साँझ ०६ बजेसम्म विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजीद्वारा कथा वाचन पाँच दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

आयोजक अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले सम्पूर्ण श्रद्दालु भक्तजन तथा सनातन हिन्दु धर्मावलम्वीहरुमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको श्रवणगरी लाभ लिनुहुन आह्वान गरेका छन ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......