ब्रेकिङ न्युज

भारतीय सवारीसाधनका कारण जाम, आवतजावतमा रोक

प्रकाशित मिति: December 26, 2019 9:36 am

पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ ।

पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दु*र्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ ।

भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाबारे पूर्व जानकारी नहुने र स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर भारतीय गाडीलाई रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

उनका अनुसार निश्चित ठाउँमा भारतीय गाडी पार्किङ गराउने विषयमा ट्राफिक र यातायात व्यवसायीलाई निर्देशन दिइएको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......