ब्रेकिङ न्युज

ग्रहदशा फाल्न चिडियाखाना

प्रकाशित मिति: December 28, 2019 9:27 am

काठमाडौँ – धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला । भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् ।

चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने, “ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।” बाघलाई आहारा खुवाउँदा पनि ग्रह हट्छ भन्ने विश्वासले हरेक आइतबार उत्तिकै मानिस चिडियाखाना पुग्ने गरेका छन् ।

हात्तीलाई खाना खुवाउन प्रतिव्यक्ति १५० रुपियाँ र बाघलाई खाना खुवाउन दुई सय रुपियाँ लिने गरिएको छ । बाहिरबाट ल्याइएका खाना स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने हुँदा हात्ती वा बाघलाई खुवाइने आहाराको व्यवस्था चिडियाखानाले नै गरिदिने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......