ब्रेकिङ न्युज

सुलेमानीको श*वयात्रामा ५० जनाको मृ*त्यु १९० जना घा*इते

प्रकाशित मिति: January 8, 2020 10:06 am

तेहरान – इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको श*वयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर करमानमा भागाभाग हुँदा कम्तीमा ५० जनाको मृ*त्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। उक्त घ*टनामा कम्तीमा १९० जना घा*इते भएका छन् ।

‘दुर्भा*ग्यवश शवयात्राका क्रममा अत्यधिक भीड भई भागाभाग हुँदा कम्तीमा ५० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्’, इरानको आपतकालीन सेवा प्रमुख पिरहोसेन कुलिभन्डले भने। घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ। करमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्डसका प्रमुख कमान्डर सुलेमानीको अन्त्येष्टिका लागि श*वयात्रा गर्ने क्रममा लाखौँ शुभचिन्तक उपस्थित थिए।

करमान पुगेका इरानीहरू शहरमा नअटाएपछि नजिकका पहाडमा पुगेर भए पनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका थिए । इरानी जनताबीच गार्डसको क्विद बलका कमान्डर रहेका सुलेमानी इराकको राजधानी बगदादस्थित विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आ*क्रमणमा गत शुक्रबार मारिएका थिए ।

तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादमा सुलेमानको मृत्युपछि शवयात्रा निकालिएको थियो भने मंगलबार अपराह्न केरमानमा इस्लाम धर्मअनुसार उनको अ*न्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अ*न्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको छ।
रासस

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......