अष्ट्रेलियाको धुवाँ दक्षिण अमेरिका पुग्यो

प्रकाशित मिति: January 8, 2020 3:29 pm

मोन्टेभिडिओ – अष्ट्रेलियामा भइरहेको आग*लागीका उत्पन्न धुवाँ दक्षिण अ‍मेरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुवाँ दक्षिण अमेरिकी मुलक उरु*ग्वेसम्म पुगेको छ ।

“यही जनवरी ६ सोमबार दिउँसोदेखि उरुग्वेको आकाशमा धुवाँका भुल्काहरू देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुवाँले त्यस क्षेत्रका अन्य देशहरूमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका संचार माध्यमहरूलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुवाँले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ । उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे ।

अष्ट्रेलियाको धुवाँ प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आग*लागीका कारण कम्तीमा २५ जनाको मृ*त्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ । रासस/सिन्ह्वा

सम्बन्धित शीर्षकहरु

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......

धनगढीमा दुबईबाट आएका व्यक्तिलाई कोरोना (भिडियो)

चैत १४, काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि १ जना थपिएको छ । धनगढीमा भेटिएका उक्त......