फागुन १४ गते स्ववियु निर्वाचन

प्रकाशित मिति: January 10, 2020 9:30 am

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तोकेको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको हो ।

स्ववियु निर्वाचन मिति तोकेसँगै त्रिविले आंगिक क्याम्पस र विद्यार्थीसँगठनहरुाई सूचना दिने काग सुरु गरेको छ ।

विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ ।

कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

सम्बन्धित शीर्षकहरु

बनेपामा गाडी ब्रेक फेल भएर सडकमै पल्टिँदा १८ वर्षीय युवकको ज्यान गयो

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......