ब्रेकिङ न्युज

माघको पहिलो दिन २० अङ्कले बढ्यो नेप्से

प्रकाशित मिति: January 15, 2020 5:23 pm

काठमाडौं – पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन आज २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने ९० करोडमा समेटिएको छ । स्टकका अनुसार आज कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरीदबिक्री भयो ।

कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३.५४ अङ्कले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको शेयर ०.८४ अङ्कले गिरावट भएको छ । बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत् ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बीमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बीमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेका छन् ।

आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोवार भयो । सो बैंकको शेयर रु सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......