ब्रेकिङ न्युज

७७ सालको पात्रो : घटस्थापना कात्तिक १ गते, भाइटीका मंसिर १ गते

प्रकाशित मिति: January 16, 2020 10:27 am

काठमाडौँ – नयाँ वर्ष २०७७ को पात्रो अनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो।

यस्ता छन् बिसं २०७७ सालका पर्वहरु

– बैशाख ११ गते मातातिर्थ औशी
– १४ गते अक्षय तृतीया,
– २५ गते बुद्ध जयन्ती,
– जेठ १९ गते गंगा दशहरा
– असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण
– असार २१ गते गुरु पुर्णिमा
– साउन १० गते नागपञ्चमी
– १९ गतेजनै पुर्णिमा
– २० गते गाईजात्रा
– २७ गते कृष्ण जन्माष्टमी
– भदौ ३ गते कुशे औशी,
– भदौ ५ गते हरितालिका तीज
– भदौ ७ गते ऋषी पञ्चमी
– भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु
– असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने छ
-घटस्थापना कातिक १ गते
– कातिक ७ गते गते फुलपाती ,
– ८ गते महाअष्टमी,
– ९ महानवमी
– १० गते विजया दशमी अर्थात टीका
– २८ गते कागतिहार
– २९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा
– ३० गते गोवर्धन र म्ह पुजा
– मंसिर १ गते गते भाइटीका
– मंसिर ५ गते छठ
– मंसिर २८ गते बाला चतुदर्शी,
– पुस १५ मा उद्यौली र तमु ल्होसार
– पुस ४ गते बिवाह पञ्चमी
– फागुन २७ गते शिवरात्री,
– चैत १५ गते होली
– २९ गते घोडेजात्रा पर्व रहेको छ ।
– २०७७ सालमा राम नवमी छैन ।
– आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।

नेपाल समाचारपत्रबाट

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......