ब्रेकिङ न्युज

२६ वर्षीया युवतीले जन्माइन् एकैपटक ४ ओटा बच्चा

प्रकाशित मिति: January 16, 2020 4:02 pm

काठमाडौं – स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी छन्। पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको छ ।

डाक्टरका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।

सुनीताको यो दोस्रो गर्भ हो । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी प्रसूतिका लागि मणिपाल अस्पतालमा भर्ना भएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......