२ बर्षे र ६ महिने बच्चा सहित एक दम्पती पुलबाट त्रिशूलीमा हाम फाले

प्रकाशित मिति: January 16, 2020 9:00 pm

धादिङ — धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृ*त्यु भएको र दुई बच्चा बेपत्ता रहेको श्रीमानको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका – ५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन्।

उनीहरुले आफ्ना २ वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......