कृष्ण समीपको ‘चलन माया चल’ सार्वजनिक

प्रकाशित मिति: January 17, 2020 6:27 pm

काठमाडौँ – गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ‘सिर सिर बतास’, “मेरो कल्पनामा आउने मान्छे तिमी’, “मनको तिर्खा मेट्न’, “माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुन: संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस।डि।एस। ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

भिडियो

सम्बन्धित शीर्षकहरु

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......