आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ, सोधपुछका लागि बोलाउँछौ : प्रहरी (भिडियो सहित)

प्रकाशित मिति: January 17, 2020 9:57 pm

काठमाडौँ – गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अ’पशब्द प्रयोग गरी गा’लीगलौ’ज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सु’रक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि श’ङ्कास्पद देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दु’व्र्य’वहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । राउतले नै अ’भद्र व्य’वहार गरेको फुटेजमा देखिएको भन्दै उनले घ’टनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घ’टनाको विवरणसहित जानकारी गराउनुभएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दु’व्र्यवहार न’भएको जि’किर गरे ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......