ऋण तिर्न नसकेपछि त्रिशूलीमा हाम्फालेका दम्पत्तिको सुसाइड नोट भेटियो, आज थियो छोराको पास्नि

प्रकाशित मिति: January 18, 2020 11:58 am

काठमाडौं – साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ ।

हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए । उनकी श्रीमतीको भने नि*धन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि आ*त्मह*त्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।

जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भातखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सु*साइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब एक करोड ५० लाख ऋण लिएको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आ*त्मह*त्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
रासस

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......