थाइल्याण्डमा प्रियंकाको ब्याचलर पार्टी, बिहे फागुनमा ?

प्रकाशित मिति: January 18, 2020 12:49 pm

काठमाडौँ – विवाहको मिति तय भएपछि आफ्ना साथीहरुसँग ब्याचलोरेट पार्टी मनाउन अभिनेत्री प्रियंका कार्की थाइल्याण्ड पुगेकी छन् । प्रियंकाले साथीलाई ब्याचलर पार्टी दिएसँगै उनीहरुको विवाहको फागुनमा हुन लागेको चर्चा छ । आयुष्मानसँग प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् ।

प्रियंकाले थाइल्याण्ड उड्नुअघि गर्ल ग्या ङ्ग सँग त्रिभुवन विमानस्थलमा उड्नै लागेको विमान अगाडीको तस्वीर पोष्ट गर्दै अनुमान गर्नुहोस् – त कसको विवाह हुँदैछ भनेर ५ जना सुन्दरीका बीचमा उभिएको तस्वीर पोष्ट गरेकी थिइन् ।

त्यसको भोली पल्ट नै थाइल्याण्डबाट प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोलीसहित ‘ब्याचलोरेट पार्टी’ मनाइरहेका तस्वीर र भिडियो एकपछि अर्को गर्दै लगातार पोष्ट गरिरहेकी छन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्ट भएको डेढ वर्षपछि उनीहरुको विबाहको मिति तय गरिएको भए पनि विबाहको मिति भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......