भोली प्रदेश २ मा सार्वजनिक विदा

प्रकाशित मिति: January 18, 2020 6:40 pm

काठमाडौँ – प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको हो । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......